15 C
Nepal
Wednesday, October 16, 2024

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रकृया अगाडि बढयो, पहिला अनुपस्थित ३ जनालाई प्रस्तुतीकरणमा बोलाइयो

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि स्थगित प्रकृयालाई अगाडि बढाएको छ । त्यसका लागि व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तामा छुटेका तीनजना उम्मेद्वारहरुको नाममा पुनः सूचना प्रकाशित गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दै आवेदकमध्ये सर्टलिस्टमा परेका ५ जनामध्ये पनि प्रस्तुतीकरण र अन्तर्वार्ता बहिस्कार गरेका तीनजनालाई पुनः असोज १८ बोलाइएको हो ।

कृष्णबहादुर कार्की, डा. चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि आगामी असोज १८ गते बिहान ८ बजे अर्थमन्त्रालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनौटको प्रक्रिया यसअघी नै सुरु भएको थियो । आवेदकमध्ये सर्टलिस्टमा सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र डा. चिरञ्जिवी चापागाईंको नाम परेको थियो तर मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र अन्तर्वार्तामा उपस्थित भएका थिए । अन्य उम्मेदवार अनुपस्थित भएका थिए ।

धितोपत्र बोर्डको नियुक्ति प्रक्रियाअनुसार सिफारिस समितिले उम्मेद्वारमध्ये ३ जनाको नाम सिफारिस गर्नैपर्ने बाध्यकारी व्यवस्था भएका कारण २ जनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ताले सो प्रक्रिया स्थगित हुन पुगेको थियो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here