15 C
Nepal
Wednesday, October 16, 2024

५.१३ करोड कित्ता मध्य भोटेकोशीको सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुँदै

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनीको ५ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ११ गते समाप्त हुन लागेको छ ।

कम्पनीको संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरु, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरु, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरु र कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।

कम्पनीको ३ करोड ६ लाख कित्ता संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरुको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरुको ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको ३ लाख ६० हजार कित्ता गरी कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।

संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर तीन बर्षसम्म लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । कम्पनीले सर्वसाधारणलाई मिती २०७८ साल कात्तिक १२ गते बाँडफाँड गरेको थियो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here