एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तोकिएको छ ।
यो योजनाका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषित प्रतिफलको बुक क्लोजको मिति तोकिएको हो।
योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलले यो योजनाको प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
क्यापिटलले एनआईबिएल ग्रोथ फण्डका लागि ६.३५ प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३८ लाख २० हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।




