घरेलु बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार हुँदै छ ।




