26.6 C
Nepal
Monday, September 16, 2024

असोज महिनाका लागि कुन बैंकको ब्याजदर कती ?

असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन जसमध्ये एनआईशी एशिया, एभरेष्ट बैंक सिटिजन बैंक,सानिमा बैंकलगायत ९ वटा बैंकले ब्याजदर घटाएका छन् ।

यस्तै २ वटा बैंकले ब्याजदर बढाएका छन् ।

असोज महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत भएको छ भने संस्थागत मुद्दति निक्षेपतर्फ बैंकहरुको औषत ब्याजदर ५.१० प्रतिशत भएको छ ।

असोज महिनाका लागि बैंकको ब्याजदर

एनआईशी एशिया बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.१८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लिमिटेड

यस बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.९४ प्रतिशत ब्याजदर तोकेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

यस बैंकले असोज महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रभु बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंक

यस बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

यस बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्राइम कमर्सियल बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नबिल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबी बैंक

यस बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको तोकेको छ ।

हिमालयन बैंक

यस् बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०७ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक

यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here