19.5 C
Nepal
Monday, September 16, 2024

समता घरेलु लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर लीलाम बिक्रीमा राखेको छ । संस्थाले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यसअघि संस्थाको विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २०,००० कित्ता संस्थापक सेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत बिक्रीमा राखिएको थियो ।

उक्त अवधिमा बिक्रीको कुल सेयर कित्ता मध्ये १५ हजार कित्ता से खरिदका लागि आवेदन परेकोमा बिक्री हुन बाँकी ५ हजार कित्ता सेयर बिक्रीको लागि संस्थापक सेयर खरिद गर्न योग्य ईच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि संस्थाको बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता तथा दरभाउ सहितको व्यहोरा खुलाई निवेदन दिन संस्थाले सूचित गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here