27.3 C
Nepal
Tuesday, September 17, 2024

एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ८.०१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने , न्यूनतम मूल्य २०८

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख १ हजार ४७३ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम बिक्री मूल्य २०८ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here