29.7 C
Nepal
Wednesday, September 18, 2024

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य १०५

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने निर्णय गरेको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ३५ हजार ५३४ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

इच्छुक लगानीकर्ताले आगामी भदौ २ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here