21.3 C
Nepal
Wednesday, September 18, 2024

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ ।

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको हो ।

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको भदो २५ गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ का लागि ८ प्रतिशत र नबिल फ्लेक्सी फण्डका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । नबिल ब्यालेन्स्ड फण्डका लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ भने नबिल फ्लेक्सी फण्डका लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here