27.1 C
Nepal
Thursday, September 19, 2024

प्रभु महालक्ष्मी लाइफले साधारण सभा बोलायो, १० प्रतिसत लाभांश प्रस्ताब पारित हुने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको छ । बैठकले आगामी असोज २३ गते सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले चुक्तापूँजीको ७ प्रतिशत बराबर को हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभामा बोनश सेयर तथा हकप्रद सेयर जारी पश्चात हुन आउने ५ अत्रर्ब ५ करोड ६३ लाख ९२ हजार रुपैयाँबराबर चुक्तापूँजी कायम गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत खर्च अनुमोदन गरिनेछ ।

यसैगरी सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को २०८० असार २८ सम्मको तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने, आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चाकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here