19.3 C
Nepal
Tuesday, September 17, 2024

टाईम फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

टाईम फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । गैडाकोट–०४, नवलपुरमा रहेको कम्पनीले आईपीओ निष्काशनको मुख्य अजेण्डा पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको उक्त सभा आगामी असोज १२ गते शनिबारका दिन चितवनमा रहेको सोल्टी वेस्टेन्ड रिसोर्टमा बिहानको १० बजेबाट सुरु हुनेछ ।

उक्त सभामा प्राथमिक सेयर निष्काशन गर्ने, प्राथमिक सेयर निष्काशनका लागि निष्कासनकर्ता कम्पनी चयन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावली तथा प्राथामिक सेयर निष्काशनमा गरिने संसोधन/थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here