24.4 C
Nepal
Monday, September 16, 2024

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७४ प्रतिसतले घट्यो, खराब कर्जा अनुपात ७ प्रतिशत

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७३.९९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म बैंकले १० करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी १३ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ । त्यस्तै सञ्चालन मुनाफा पनि ७३.९९ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँ भएको छ ।

त्यस्तै बैंकको रिटेन्ड अर्निङ १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ र रिजर्भको आकार ४ करोड ९७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म ५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा १५ करोड ३३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

त्यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म ३.९२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) २.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२४.७२ गुणा, प्रतिसेयर नेटवर्थ ७९.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १३०.८३ रुपैयाँ, र तरलता अनुपात ३९.१० प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here