20.5 C
Nepal
Monday, September 16, 2024

मोलुङ हाईड्रोपावरले दुई आवको साधारण सभा एकैपटक डाक्यो, यि मुख्य अजेण्डा

मोलुङ हाईड्रोपावर कम्पनी कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको ४१ औं बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो ।

बैंकले आव २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभा असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको प्रबन्ध पत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/०८० २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने, आव २०८०/०८१ को लागि लेखापरीक्षकमा भएको नियुक्तिलाई अनुमोदन गर्ने, आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै सभामा सहभागि हुन र मतदान गर्न योग्य हुने छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here