20.5 C
Nepal
Monday, September 16, 2024

सेयर अभौतिकिरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो ।

क्यापिटलले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।

साथै प्रत्यक सेयरधनीहरुलाई आफ्नो प्यान, नाम, मोबाइल नम्बर, हालको ठेगाना र इमेल आईडी आफ्नो हितग्राही खातामा अद्यावधिक गर्न आग्रह गरिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here