20.5 C
Nepal
Monday, September 16, 2024

विकास हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा डाकियो

विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी असोज २२ गते काठमाण्डौको उत्तरढोकामा रहेको भिनोलिभा हस्पिटालिटीमा बिहान ११ बजे आयोजना हुनेछ ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन लगायातका अन्य वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here