29.1 C
Nepal
Friday, March 14, 2025

खोरङ्गा हाईड्रोपावर आईपीओ निष्कासन गर्ने, बोलायो साधारसभा

खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । बैठकले आगामी असोज ७ गते सोमबारका दिन काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियामकिय निकायबाट कुनै परिवर्तन गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई निर्देशन दिने र् लगानी सम्बन्धी विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको गठन, सञ्चालक समितिले गरेका काम कारवाहीको अनुमोदन र संस्थागत सुशासन प्रतिवेदन जस्ता प्रस्तावहरु समेत पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here