20.5 C
Nepal
Monday, September 16, 2024

सानिमा बैंकले माग्यो कर्मचारी

सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी मागेको छ । बैंकले सबै प्रदेशमा रहेको शाखा कार्यालयाका लागि यी दुवै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

असिस्टेन्ट ट्रेनी पदका लागि व्यवस्थापन संकायमा ४५ प्रतिशत अथवा २.७५ सिजीपीए ल्याएर स्नातक गरेको हुनु पर्नेछ । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ । तर वाणिज्य बैंकमा १० महिना काम गरेको अनुभव भएकाको उमेर भने २८ वर्ष नकटेको हुनु पर्नेछ ।

यस्तै जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि सेकेण्ड डिभिजन अथवा २.४ सिजीपीए ल्याई १२ कक्षा उत्र्तीण गरेको हुनु पर्नेछ । बैंकले गाँउपालिकामा रहेका शाखा कार्यालयहरुका लागि जुनियर असिस्टेन्ट मागेको हो । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ ।

दुवै पदका लागि आवेदन दिने अन्तिम मिति भदौ २७ गते तोकिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here