21.2 C
Nepal
Monday, September 16, 2024

लिबर्टी माइक्रो लाइफले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुने २२ करोड ५० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न आबस्यक प्रकृया अगाडि बढाएको हो ।

कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई भदौ ९ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्सले न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई २०८० भदौ ०१ गते लघु जीवन बीमकको इजाजतपत्र प्राप्त गरी २०८० पुस ६ गतेदेखि औपचारिक रुपमा लघु जीवनबीमाव् यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here