20.5 C
Nepal
Monday, September 16, 2024

बैंकहरुले नाडा अटो शोमा सवारी कर्जा सस्तो ब्याजदरमै दिदै , प्रतिष्पर्धा ब्याजदर कसको कती ?

९५ वटा प्रदर्शक तथा १३० वटा स्टल रहेको ‘नाडा अटो शो–२०२४’ अवलोकनकर्ताहरुले भरिभराउ हुन थालेको छ । अबलोकलन गर्दै अवलोकनकर्ताहरुले आफुलाई मनपर्ने सवारी खरिद गर्न बुकिङ पनि गर्न थालेका छन ।

भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटिमण्डपमा चाडपर्व लक्षित ‘नाडा अटो शो’ को १६औं संस्करण सुरु भएको दुईदिनमै हजारौं अवलोकनकर्ताले अटो शो अवलोकन गरेको बताईएको छ ।

प्रदर्शीमा २–पाङ्ग्रे, ३ पाङ्ग्रे, ४–पाङ्ग्रे गाडी , कमर्सियल र वित्तीय संस्था लगायतले सहभागीता जनाएका छन ।

प्रदर्शनीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक स्किम ल्याएका छन । ग्राहकलाई उचित सुविधासहित अटो लोन प्रवाह गर्न सहभागी बैंकहरुमा प्रतिस्पर्धा देखिएको छ । बैंकहरुले सस्तो ब्याजदरमै अटो खरिद गर्न सक्ने ब्यबस्था मिलाउने प्रयत्न गरेका छन ।

प्रर्शनीमा कृषि विकास बैंक,महालक्ष्मी विकास बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतका बैंकले सहभागी जनाएका छन छन् । सबै बैंकले शोलाई लक्षित आकर्शक अफर ल्याएका छन् ।

कृषि विकास बैंक

कृषि विकास बैंकले ईभी गाडीलाई प्राथमिकतामा राख्दै सवारी कर्जा अफर सार्वजनिक गरेको छ , जसअनुसार प्राइभेट कार खरिदको गर्न चाहनेको लागि ८.९९ प्रतिशत फिक्स्ड ब्याजदर तोकिएको छ । जसमा फ्लोटिङ रेट ७.९९ प्रतिशत तोकिएको छ ।

साथै कमर्सियल भेहिकलमा बैंकले परिवर्तन नहुने गरी ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी सनराईज बैंक

लक्ष्मी सनराईज बैंकले इभी गाडी खरिदमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधासहित ७ वर्षको लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।

नाडा अटो शोमा इभी राखिएका गाडी खरिद गर्न चाहाने ग्राहकहरुको लागि बैंकले ३ दिनभित्रै कर्जा दिने ब्यबस्था मिलाएको छ । यो अफर भने मंसिर १५ गतेसम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी खरिद गर्नेलाई सवारी कर्जा ७।९९ प्रतिशत ब्याजदर तोकेको छ । यो ब्याजदर ५ वर्षभन्दा कम अवधिको कर्जाका लागि हो भ्ने ५ वर्षभन्दा बढी अवधिको लागि कर्जा लिदा ८.४९ प्रतिशत ब्याजदर तिर्नुपर्नेछ ।

त्यस्तै इन्धन गाडीको लागि ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर तोकिएको छ भने ५ वर्ष भन्दा बढी अवधिका लागि भने ९.४९ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले यो कर्जा ३ दिनमै प्रक्रिया पुर्याएर अटो लोन दिने ब्यबस्था मिलाएको छ ।

नबिल बैंक

यस बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने भएको छ । ७ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म फाईनान्सिङ गर्नेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले ग्राहकलाई ९।३६ ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार विद्युतीय सवारी खरिदका लागि ९.३६ प्रतिशत ब्याजदर र इन्धन गाडीलाई ९.५१ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउनेछ ।

इभी गाडीका लागि २० प्रतिशत र साधारण गाडीका लागि ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने भनेको छ जसअनुसार ग्राहकहरुले विद्युतीय सवारी खरिदका लागि ८० प्रतिशतसम्म र इन्धन गाडीको लागि ५० प्रतिशत फाइनान्सिङ बैंकले गर्नेछ ।

सानिमा बैंक

यस बैंकका अनुसार विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने जनाएको छ । बैंकले निस्चित ब्याजदर ८.४९ प्रतिशतमा ७ वर्षसम्मका लागि ॠण दिने भएको छ ।

साथै इन्धन गाडी ५० प्रतिशतसम्म फाइनान्सिङ गर्ने छ । बैंकले ८.४९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि ॠण दिने जनाएको छ ।

बैंकले सात दिनमा यो कर्जा उपलब्ध गराउने भएको छ ।

माछापुच्छ्रे बैंक

यस बैंकले ६ वर्षसम्मका लागि विद्युतीय गाडीमा खरिदका लागि ग्राहकलाइ ७० प्रतिशत फाइनान्सिङ गर्ने भएको छ ।

त्यस्तै, इन्धनबाट गाडीमा ८ वर्षका लागि कर्जा लिँदा ५० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । बैंकले आधारदरमा ०.५ देखि १ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिनेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय गाडी किन्दा आफ्नो बेस रेटमा १ प्रतिशत मात्र प्रिमियम जोडेर सवारी कर्जा दिने भएको छ ।

अरु इन्धन गाडीमा भने बैंकले बेस रेटमा २ प्रतिशत प्रिमियम चार्ज लिने जनाईएको छ । यस सवारी कर्जामा बैंकले जम्मा ०.२५ प्रतिशत सेवा शुल्क लिनेछ । साथै स्कीम दसैं, तिहार र छठसम्मै चल्ने छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमा सवारी कर्जा प्रदान गर्ने भएको छ ।

बैंकले दुई वर्षसम्मको लागि स्थिर र दुई वर्षपछि बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर लिने जनाएको छ । बैंकले विद्युतीय सवारीका लागि पाँच वर्षको लागि ८० प्रतिशतसम्म र ईन्धन गाडीमा ५० प्रतिशतसम्मको फाइनान्स सुविधा दिने छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here