20.5 C
Nepal
Monday, September 16, 2024

लघुवित्तले ऋणिलाई ॠण तिर्ने अवधि ३ वर्षसम्म थप गर्न सक्ने

लघुवित्त वित्तीय संस्थाहरुले परिस्थितिजन्य कारणले कर्जालाई नियमित रुपमा तिर्न नसकेका ऋणिहरुलाई कर्जा पुनरतालिकीकरण र पुनरसंरचनाको सुबिधा दिन पाउने भएका छन , नेपाल राष्ट्रबैंकले यस्तो ब्यबस्था गरिदिएको हो ।

यसरी कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्दा कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप हुने गरी गर्न सकिने छुट लघुवित्त वित्तीय संस्थाहरुले पाएका हुन् ।

तर यसरी पुनरतालिकीकरण / पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, निष्किृय वर्गमा वर्गीकरण भइसकेका कर्जाहरुलाई पुनरसंरचना/पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नुपर्नेछ । यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामाबाहेक कुनै समायोजन गर्न पाइने छैन ।

परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित तिर्न नसकेकालाई मात्र यस्तो सुविधा दिन पाउनेछन् । साथै नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरेर त्यस्ता ॠणीलाई भने यस्तो छुट दिन पाइने छैन ।

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८१ पुस मसान्तभित्र गरिसक्नुपर्ने पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ। यस ब्यबस्थाले खराब कर्जा कम गर्न सहयोगी भुमिका खेल्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here