19.3 C
Nepal
Tuesday, September 17, 2024

स्टार माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निस्कासन गर्ने

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्कासन गार्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने गरी प्रकृया अगाडि बढाएको हो ।

आईपीओ निष्कासन गर्नको लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । भदौ ९ गते गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यो स्टार माइक्रो इन्स्योरेन्स सन्चालनमा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here