20.5 C
Nepal
Monday, September 16, 2024

बित्तिय सस्थाको निक्षेप संकलन ६४.५२ खर्ब हुँदा कर्जा प्रवाह ५१ खर्ब ७४ अर्ब

बैंकिङ प्रणालीमा निक्षेप रकम ६४ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ५ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप ६४ खर्ब ५२ अर्ब पुगेको हो ।

जम्मा निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५७ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।

भदौ ५ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २७ अर्ब रहेको छ ।

यो अवधिमा कर्जा प्रवाह बढेको देखिएको छ । भदौ ५ गतेसम्म ५१ खर्ब ७४ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह भएको छ ।

सीडी रेसियो ७८.८० प्रतिशतबाट घटेर ७८.७८ प्रतिशत भएको छ । अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here