19.9 C
Nepal
Wednesday, September 18, 2024

प्रभु महालक्ष्मी लाइफले लाभांश घोषणा गर्‍यो, ७% हकप्रद सेयर निस्कासन गरिने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले चुक्ता पूँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ७ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।

बैठकले ७ प्रतिशत बरारबरको हकप्रद सेयर जारी गरी न्यूनतम चुक्तापूँजी कायम गर्न सकिने भएकोले सात प्रतिसत हकप्रद जारी गर्ने भएको हो ।

कम्पनिले नियमानुसर पुर्‍याउनुपर्ने चुक्ता पुजी पुर्याउन कम्पनीको २०८० पौष २९ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित १७ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि निवेदन पेश गरिएकोमा नेपाल धितोपत्र बोर्ड बाट हालसम्म स्वीकृती प्राप्त नभएकाले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here