25.9 C
Nepal
Wednesday, February 18, 2026

“महालक्ष्मी विकास बैंक अब ISO 9001: 2015   प्रमाणित

spot_imgspot_imgspot_img

महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त क्ष्क्इ ढण्ण्ज्ञस् द्दण्ज्ञछ प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) मा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखी लागु हुने गरी बैंक प्रमाणित हुन सकेको हो । बैंकले “Provision of Development Banking Activities” अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट Royal Impact Certification Ltd. USA द्धारा गरिएको थियो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here