15 C
Nepal
Wednesday, October 16, 2024

छ अंकले बढ्यो नेप्से, ३ हजार विन्दुमाथी क्लोजिङ दिन सकेन

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दु कायम भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ५३३.८६ विन्दुमा पुगेको छ । आज १९ अर्ब १६ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूह बढ्यो भने अन्य ६ वटा समूहमा भने घटेको छ । आज विकास बैंक समूह सबै भन्दा धेरै ४.५२ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, वित्त १.२३,होटल १.३१,हाईड्रो ०.५५,जीवन बीमा ०.२८ र म्युचुअल फण्ड०.४९ प्रतिशतले बढेको छ ।

त्यस्तै लगानी समूह १.०८ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.५६,लघुवित्त ०.०२,निर्जीवन बीमा १.१२ र अन्य समूह ०.३० प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । तारागाँउ रिजन्सी होटल,नारायणी डेभलपमेन्ट बैंक,ज्याति विकास बैंक,कर्पोरेट डेमलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक ३.७३ प्रतिशतले घटेको छ ।

सेयर बजारले ३ हजार माथी क्लोसिङ दिन सकिरहेको छैन । लगातार बढेको बजारमा लगानिकर्ताले नाफा बुक गर्दा साथै लगानिकर्ताहरु पर्ख र हेरको स्थितिमा रहदा बजारले ३ हजार माथी क्लोसिङ दिन सकिरहेको छैन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here