24.4 C
Nepal
Monday, September 16, 2024

७.०४ लाख कित्ता जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७ लाख ४ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

उक्त अवधिभित्र कुनै आवेदन नआएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here