20.5 C
Nepal
Monday, September 16, 2024

सिवाईसी नेपाल लघुवित्तको नाफा ३ करोड ८० लाख

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेले गत आवको थौथो त्रैमाससम्म ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७७ लाख ७ हजार मात्रै खुद नाफा कमाएको थियो ।

संस्थाले ३१ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २३.७२ प्रतिशतले धेरै हो । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशनबापत ८ करोड २५ लाख आर्जन गरेको छ ।

संस्थाको खुद सञ्चालन आम्दानी ३७ करोड ९१ लाख रुपैयाँ , सञ्चालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको अन्त्यसम्म २७ करोड ९० लाख रहेको सञ्चालन खर्च १९.२४ प्रतिशतले बढेर ३३ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आवको अन्त्यसम्म ३२ करोड ४४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेर ३२ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको निक्षेप संकलन २ अर्ब ४३ करोड रुपैयाँ हुँदा कर्जा प्रवाह पनि ५ अर्ब १७ करोड रुपैयाँबाट बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

इम्पेयरमेन्ट चार्जका लागि २ करोड २१ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात २.९८ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात २.९६ प्रतिशतमा सीमित थियो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १४.३० रुपैयाँमा रहेको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २२२.६९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६२.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०८.३८ गुणा र तरलता अनुपात ११.१६ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here