19.9 C
Nepal
Sunday, September 28, 2025

नेपाल टेलिकमको नाफा घट्यो

spot_imgspot_imgspot_img

नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कमी हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३२ प्रतिशतले कम हो ।

कम्पनीको रिजर्भको आकार ७६ अर्ब ५७ करोड रुपैयाँबराबर रहेको छ । त्यस्तै कम्पनीको ईपीएस ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५८.४६ रुपैयाँ र पीई अनुपात २२.९८ गुणा रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here