20.5 C
Nepal
Monday, September 16, 2024

तारागाँउ रिजेन्सी होटल्सको खुद नाफा ५१ करोड ८२ लाख रुपैयाँ

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले ५१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २८.१८ प्रतिशतले बढी हो ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७३ करोड रुपैयाँबराबर आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो ।

त्यस्तै कम्पनीको सञ्चालन खर्च ७७ करोड ५९ लाख र प्रशासनिक खर्च २२ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको रिजर्भ बढेर ९१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ५३ करोड र कुल चालु दायित्व १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २६.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १४६.६२, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२०.९६, पीई अनुपात ३०.५५ गुणा र तरलता अनुपात २ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here