19.9 C
Nepal
Sunday, September 28, 2025

कुमारी बैंकको ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

spot_imgspot_imgspot_img

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ७ हजार ३१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here