22 C
Nepal
Monday, September 16, 2024

बुटवल पावरको नाफा ४२.१७% ले घट्यो

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा १७ करोड ६४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४२.१७ प्रतिशतले घटी हो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ६८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.१६ प्रतिशतले कम हो ।

कम्पनीको खुद आम्दानी भने २४ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको अन्य आम्दानी १० करोड ३८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको साधारण खर्च ३० करोड २८ लाख, वितरण खर्च १३ करोड ४३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च १३ करोड ४० लाख र वित्त खर्च १ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यस कम्पनीको कुल चालु सम्पत्ति ७६ करोड ९ लाख र कुल चालु दायित्व १७ करोड १३ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.१७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०६.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.९६ गुणा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here