20.6 C
Nepal
Thursday, September 19, 2024

नेपाल लाइफको नाफा ३०.८१% ले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३०.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।


कम्पनीको खुद बीमाशुल्क आर्जन ९.८६ प्रतिशतले बढेको देखिएको छ । चौथो त्रैमाससम्म कम्पनीले ४० अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनिले अन्य आय बापत १५ अर्ब २० करोड रुपैयाँ, अन्य प्रत्यक्ष आम्दानीबाट ४५ करोड ८७ लाख,बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ अर्ब ३९ करोड र २ करोड १९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४९ अर्ब ४६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ५५ अर्ब ३५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४९ अर्ब ६० करोड रुपैयाँ थियो।

कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ९ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीले रिटेन्ड अर्निङ कोषमा ५२ करोड ८४ लाख रुपैयाँ सञ्चित गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६९.८८ प्रतिशतले कम हो ।

कम्पनीको ईपियस ६.२६ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५९७ रुपैयाँ र पीई अनुपात ९८.८८ गुणा रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here