22 C
Nepal
Monday, September 16, 2024

एचआईडीसीएलको खुद नाफा १.४५ अर्ब

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) ले गत आवको चौथौ त्रैमाससम्म १ अर्ब ४५ करोड खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीको ग्राहकसँगको सम्झौताबाट हुने आम्दानी ३९४.४१ प्रतिशतले बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको वित्त आम्दानी २ अर्ब ८ करोड,लाभांश आम्दानी १ करोड ७ लाख र अन्य आम्दानी १ करोड ९३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको कर्मचारी खर्च ५ करोड ९१ लाख, वित्त खर्च ७२ लाख ७२ हजार,सञ्चालन तथा प्रशासनिक खर्च १ करोड ६१ लाख ह्रासकट्टी खर्च १ करोड १२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति १५ अर्ब १ करोड र कुल चालु दायित्व ४४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ३६.५९ प्रतिशतले बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.९५ रुपैयाँ,पीई अनुपात २८.१८ गुणा र तरलता अनुपात ३३.५४ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here