20.5 C
Nepal
Monday, September 16, 2024

पञ्चकन्या माई हाईड्रोको खुद नाफा ३५.२४ लाख

पञ्चकन्या माई हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी १ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड २१ लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी १५ लाख ८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल सञ्चालन खर्च ४ करोड ३० लाख र कुल प्रशासनिक र अन्य खर्च ३१ करोड ६९ लाख रुपेयाँ रहेको छ । १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १८ करोड २५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति ९ करोड ९८ लाख र कुल चालु दायित्व १२ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.३२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.४१ रुपैयाँ,र तरलता अनुपात ०.८० प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here