19.5 C
Nepal
Tuesday, September 17, 2024

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा आजदेखि आवेदन दिन सकिने

हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर लिलामीमातर्फ आजदेखी बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर,विर्तामोड,विराटनगर,जनकपुर,वीरगञ्ज,हेटौडा,चितवन,पोखरा,बुटवल,बाग्लुङ,नेपालगञ्ज,सुर्खेत,धोराही,धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ६ गते रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here