20.6 C
Nepal
Thursday, September 19, 2024

मैलुङ खोला जलविद्युतको लक इन अवधि सकियो

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल २९ लाख कित्ता बढी सेयरको लक इन अवधि साउन २६ गते समाप्त भएको हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि भएको छ।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लक इन अवधि सकिएको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले विस २०७४ जेठ १७ गतेदेखि जेठ ३१ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ साउन १४ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत)का लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन २६ गते बाँडफाँड गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here