20.6 C
Nepal
Thursday, September 19, 2024

खानीखोला हाईड्रोपावर २.६३ करोड घाटामा

खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ घाटा खाएको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १५.४७ प्रतिशतले बढि हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी २ करोड २८ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १३ करोड १७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको १४ करोड ८ लाख रुपैयाँको तुलनामा ६.४७ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक खर्च २ करोड ४० लाखबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बैंकको ब्याज खर्च ९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ४० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ७६ करोड ९९ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.६६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७९.८१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.२३ गुणा ऋणात्मक र तरलता अनुपात २.०९ प्रतिशत कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here