21.8 C
Nepal
Tuesday, September 17, 2024

सन नेपाल लाइफको खुद नाफा २६.५३% ले घट्यो

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद बीमाशुल्क आम्दानी भने १५.७८ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८४ करोड ९५ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड ६८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड ९४ लाख २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ थियो।

कम्पनीको कुल खर्च समीक्षा अवधिसम्म ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ३ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ७ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङका रुपमा ५० करोड २० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म ३४.९४ रुपैयाँ रहेको ईपीएस घटेर १४.५१ रुपैयाँ भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५६.०२ रुपैयाँ र पीई अनुपात ३५.२३ गुणा कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here