दुई ठुला दलको समिकरण र बिष्णु पौडेल अर्थमन्त्री भएयता सेयर बजार लगातार जस्तो बढीरहेको छ । बिष्णु पौडेललाई लगानिकर्ताहरु सेयरबजार मैत्री अर्थमन्त्रीका रुपमा लिने गर्छन् । वास्तविकता पनि त्यस्तै छ बिष्णु पौडेल अर्थमन्त्री भएको बेला बजारले अल टाइम हाइ बनाएको इतिहास छ ।
अहिले पनि अर्थमन्त्रिको रुपमा बिष्णु पौडेल छन र बजार बढीरहेको छ । बढेको बजारमा कसैले नाफा बुक गरिसके त कसैले गर्न बाँकी छ भने कसैले भर्खर किन्दैछन ।
यस्तो अवस्थामा सबैले बजारमा बिभिन्न उपाय लगाइरहेका छन । केही समुह बजार घटाउन लागेका छन भने केही समुह बजार बढाउन लागिपरेका छन । यहाँसम्मकी श्रोतको हवाला दिदै मान्छे लखेट्ने सम्मका कुरा अाईरहेका छन तर निकट श्रोतको अनुसार त्यो प्रमको भनाइ होइन । पुजी बजारको बिकास गर्नु पर्छ , उत्साहलाई कायम राखौ भनेको भएपनी मान्छेनै लखेट्ने कुरा प्रमको होइन । बजार बिरोधिको बिरोध गर्नुस्सम्म भनेको हुनुपर्छ, मान्छे लखेट्नुस् भन्ने भाषा प्रधानमन्त्रिको हुन सक्दैन श्रोतले भन्यो ।
बजारका एक जानकार भन्छन- बजार जसरी बढेको छ त्यसरी नै घट्छ अनी जसरी घटेको छ त्यसरी नै बढ्छ पनि, बजार घटबढ हुनु बजारको सुन्दरता हो । घटेको बजारमा किन्न नपाएकाहरुले किन्न पाउनेछन अनी फेरी बजारले उडान भर्छ । त्यसैले किन्ने र बेच्ने बेला ध्यान दिनुपर्छ अरुको कुरा सुन्नुभन्दा पनि आँफैले अध्ययन गरेर लगानी गर्नु उचित हुन्छ ।
अर्का एक लगानीकर्ता भने राज्य नै सकारात्मक भएकाले बजार निकै माथिसम्म जाने अनुमान लगाउछन ।