गत आर्थिक वर्षमा १४ फाइनान्स कम्पनीमध्ये १० वटा नाफामा गएको देखिएको छ । तर ४ वटा कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने स्थितिमा रहेको देखिएको छ ।
यि कम्पनिहरुको खराब कर्जा बढेको देखिएको छ । खराब कर्जा बढेको कारणले कम्पनिहरुको बित्तिय अवस्थामा असर परेको देखिएको छ । फाइनान्स कम्पनीहरुको औसत खराब कर्जा ८.५२ प्रतिशत रहेको देखिएको छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने नेपाल राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने फाइनान्स कम्पनीहरुलाई सिघ्र सुधारात्मक कारवाही गर्छ।
फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै अर्थात २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउदा गुडविल फाइनान्सले १४ करोड ८४ लाख रुपैयाँ त्यस्तै आइसिएफसि फाइनान्सले ११ करोड ८६ लाख नाफा कमाएको देखिएको छ।
त्यसैगरी जानकी फाइनान्सले सबैभन्दा धेरै १३ करोड ७१ लाख रुपैयाँ घाटा खाएको देखिएको छ भने पोखरा फाइनान्स १० करोड ६४ लाख, सेन्ट्रल फाइनान्स ६ करोड ३८ लाख र प्रोगेसिभ फाइनान्स ३ करोड ८० लाख रुपैयाँ घाटा खाएको देखिएो छ।
फाइनान्स कम्पनीहरुमध्ये ४ वटा फाइनान्स कम्पनीहरुले मात्रै शेयरधनीलाई लाभांश बाड्न सक्ने अवस्थामा रहेका छन । ८ वटा फाइनान्सको वितरणयोग्य नाफा नै नकारात्मक रहेको छ ।
फाइनान्स कम्पनिहरुमध्ये बेष्ट फाइनान्सले ०.०६ प्रतिशत , श्री इन्भेष्टमेन्ट फाइनान्सले २.४३ प्रतिशत, मल्टिपर्पस र आइसिएफसि फाइनान्सले ३ प्रतिशत, मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ७.३५ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको छ। यो क्षमता लगानिकर्ताले अपेक्षा गर्नेभन्दा निकै कम लाभाम्स क्षमता हो ।

Amount in thousands