31.6 C
Nepal
Friday, September 20, 2024

प्रम ओलीको चाहना सेयर बजारलाई छिट्टै अलटाइम हाइ बनाउने , साम्सदको प्रश्न बिना कारण सेयर बजार कसरी बढयो ?

सेयर बजार केही समययता लगातार बढीरहेको छ । एमाले काङ्ग्रेसको समिकरणबाट दुई ठुला दलको सरकार बनेपछी दिनहु जस्तै बजार बढीरहेको छ ।
सेयर बजारका लगानिकर्ताको एमाले सरकार खासगरी एमाले अर्थमन्त्री बिष्णु पौडेलप्रती सकारात्मक धारणा रहेको छ । बिष्णु पौडेल सेयरबजार प्रती चिरपरिचित नाम हो । उनी अर्थमन्त्री भएकै बेला सेयर बजारले अल टाइम हाइ बनाएकोले लगानिकर्ता उनीप्रती सकारात्मक रहदै आएका छन । लगानीकर्ताले अहिलेका अर्थमन्त्रीलाई सेयर बजारमैत्री अर्थमन्त्रीका रुपमा लिने गरेका छन ।

यसै कारण यो पटक पनि बिष्णु पौडेल अर्थमन्त्री बनेपछी सेयर बजार लगातार झै बढीरहेको छ । यसै महोललाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलिले पनि सेयर बजारलाई सकारात्मक रुपमा लिदै आफु निकटका लगानिकर्तालाई सेयर बजारमा आएको उत्साहलाई कमी हुन नदिन निर्देशन दिएका छन । प्रधानमन्त्रीको चाहना यो सेयर बजारलाई अल टाइम हाइ बनाउनुपर्ने धारणा राखेको निकट श्रोतले जानकारी दिएको छ ।

केही साम्सदले लगातार सेयर बजारमाथी प्रहार गरेको प्रती आफु जानकार रहेको भन्दै उनले सेयर बजारको बिरोधीलाई चिन्नु पर्ने र त्यस्ता पात्रको बिरोध गर्नु पर्ने धारणा राखेका हुन । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले बजारविरोधी अभिब्यक्ती दिएको भन्दै उनले उनीहरु कोही कतैबाट परिचालित भएको आसन्का ब्यक्त गरेका छन ।

उनले आफु निकटलाई भनेका छन , तपाईंहरु लगानी लगानी बढाउनुस् र आफ्ना साथीभाइलाई समेत सेयर बजारमा लगानी थप्न सल्लाह दिनुस् । जे हुन्छ, जसरी हुन्छ बजारको उत्साह घट्न नघटोस , सरकारले गर्नुपर्ने नीतिगत सहजीकरण गरिरहनेछ – ओलिको कुरा उद्धृत गर्दै स्रोतले जनाएको छ ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले भने बजार बिनाकारण बढेको भन्दै यसको बिरोध गरिरहेका छन । सोझा लगानिकर्तालाई फसाउन चलखेल गरिएको भन्दै उनिहरु सम्सदमै बिरोधका आवाज उठाइरहेका छन । कम ईपियस भएका कम्पनी चलखेल गरेर बढाएको भन्दै नाम किटान गरेरै पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद अमरेशकुमार सिंह लगायतले बिरोध गरिरहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here