20.6 C
Nepal
Thursday, September 19, 2024

नेपाल लाइफको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी अन्जन भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेलन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here