20.5 C
Nepal
Monday, September 16, 2024

नेपाल माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ निष्कासन गर्ने

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको रु.१०० अंकित दरका कूल २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले साउन २१ गते क्यापिटलसँग उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई नेपाल माइक्रो इन्स्योरेन्सले २०७९ चैत २७ गते निर्जीवन लघु बीमाको इजाजतपत्रप्राप्त गरेको थियो । कम्पनीले लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० वैशाख २६ गतेदेखि लघु निर्जीवनबीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here