22.9 C
Nepal
Tuesday, September 17, 2024

चिलिमे जलविद्युतको नाफा रु.६५.२९ करोड

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले ६४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्रीमार्फत कमाएको कम्पनीले समीक्षा अवधिसम्म भने १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ कमाएको छ । यसरी कम्पनीको विद्युत बिक्री आम्दानीमा ०.२८ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीले उक्त अवधिसम्म विद्युत प्लान्ट सञ्चालनका लागि १५ करोड ५७ लाख रुपैयाँ र ५ करोड ६६ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको सञ्चालन खर्च ७० करोड ८१ लाख रुपैयाँ रहेको छ ।

७ अर्ब ९८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ रिटेन्ड अर्निङका लागि छुट्टाएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड रुपैयाँ र कुल चालु दायित्व १६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०९ रुपैयाँ, तरलता अनुपात १३.९९ प्रतिशत र मूल्य आम्दानी अनुपात ५७.४३ गुणा कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here