20.5 C
Nepal
Monday, September 16, 2024

कस्मिक इलेक्ट्रिकलले आईपीओ निष्कासन गर्ने

कस्मिक इलेक्ट्रिकल लिमिटेड(कस्मिक)ले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख अजेण्डा पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ५ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा सानेपा, ललितपुरमा रहेको कम्पनीको कार्यालयामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको प्रयोगको सम्बन्धमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओ निष्कासनका लागि कम्पनीको तर्फबाट गर्नुपर्ने कामबारबाही गर्ने अख्तियारी प्रदान गर्ने सम्बन्धमा निर्णय लिने,कम्पनीको हाल कायम रहेको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here