19.9 C
Nepal
Sunday, September 28, 2025

एनआईसी एशिया बैंकले ४ वटा कम्पनीको ११.५९ लाख कित्ता संस्थापक बिक्री गर्दे , हेर्नुस् मूल्य

spot_imgspot_imgspot_img

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

बैंकले सूर्योदय वोमी लघुवित्तको ५१ हजार ५०८ कित्ता,सीआईटीको ५० हजार कित्ता,निफ्राको ९ लाख ६५ हजार कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता गरी कुल ११ लाख ५९ हजार १५४ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले आगामी साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य ३९९ रुपैयाँ, सीआईटीको ८३३ रुपैयाँ, निफ्राको १०१ रुपैयाँ र सूर्यज्योति लाइफको १८५ रुपैयाँ निर्धारण गरिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथली ट्रेड टावरस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here