20.5 C
Nepal
Monday, September 16, 2024

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गतेका लागी विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १०.३० बजे आयोजना हुनेछ ।

सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here