22 C
Nepal
Monday, September 16, 2024

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता २६.५०%

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको लाभांश क्षमता २६.५० प्रतिशत रहेको देखिन्छ ।

बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा ५ अर्ब १५ करोड खूद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिका लागि बैंकको खूद नाफा ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ करोडले कम हो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३५.०९ रुपैयाँ, पीई अनुपात १७.१६ गुणा, प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब बढी निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप घटे पनि लोन भने बढेको देखिएको छ ।

बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा २१ करोड ६१ लाख छुट्याएको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५९ करोड ८२ लाख रुपैयाँ छुट्याउनु परेको थियो । इम्पेयरमेन्ट चार्ज घटेका कारण समेत बैंकको नाफा विषम परिस्थितिमा पनि राम्रो आएको र निकै राम्रो लाभांश क्षमता बनाएको देखिन्छ ।

अघिल्लो वर्षको यही अवधिमा १.१८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.१४ प्रतिशत पुगेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here