20.5 C
Nepal
Monday, September 16, 2024

फेदीखोला हाइड्रोको आईपीओ निष्काशन गर्ने तयारी

४.३ मेगावाटको फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने बारे साउन १७ गते सम्झौता भएको छ् ।

सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हो ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरि स्वपुँजी ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ यहि आर्थिक वर्ष भित्रमा निष्काशन गरिने लक्ष्य रहेको छ ।

२०८२ असोजभित्र सम्पन्न हुने यस आयोनाको सिभिल निमार्ण ठेक्का सम्झौता पछि पूर्वाधार निर्माणको काम करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here