25.6 C
Nepal
Sunday, September 8, 2024

सैदीपावरले १.७० लाख कित्ता आईपीओ निष्कासन गर्ने

सैदीपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले प्रति कित्ता १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा सैदीपावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदीपावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैतीखोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण गरी २०७९ सालबाट व्यवसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here